एमाले नेता कृष्ण थापाको हृदयघातका कारण निधन

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज, गण्डकी प्रदेशका पूर्वसांसद एवं २०५४ सालका पोखराका मेयर कृष्ण थापाको हृदयाघातका कारण निधन भएको छ।


पार्टीको बैठकमा बोल्दै गर्दा अचानक हृदयाघात भई ढलेका थापालाई तत्काल उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएपछि चिकित्सकले अपराह्न ३:३७ बजे उनलाई मृत घोषणा गरेका हुन्।

 

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय थापा कास्की जिल्लामा हक्की, स्पष्ट वक्ता र जनतामाझ लोकप्रिय नेताका रूपमा चिनिनुहुन्थ्यो।

 

उनको निधनले नेकपा एमाले, कास्कीको राजनीतिक वृत्त तथा शुभेच्छुकहरूमा गहिरो शोक छाएको छ। स्वर्गीय थापाप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

 

उनको योगदानलाई सम्झँदै कास्कीले उनलाई एक निष्ठावान् र हक्की नेताका रूपमा सधैं स्मरण गर्ने विश्वास व्यक्त गरिएको

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...