पाेखरा ।म्याग्दी जिल्लाको घोडेपानी क्षेत्र यतिबेला लालीगुराँस फुलेसँगै अत्यन्तै मनमोहक बनेको छ। अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यस पर्यटकीय गन्तव्य वरपरका पाखा ढकमक्क लालीगुराँसले रङ्गिएका छन्।

लालीगुराँस फुल्न सुरु भएसँगै घोडेपानीको सौन्दर्य अझै आकर्षक बनेको छ भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको स्थानीयले बताएका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा वसन्त ऋतुमा गुराँसको दृश्य विशेष आकर्षणका रूपमा लिइन्छ।


तस्वीर : सन्तोष गाैतम