एमाले सचिवालय बैठकले गर्‍यो चार निर्णय, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आकस्मिक सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाइ पक्राउका विराेधमा आन्दाेलन घाेषणा सहित  वर्तमान  चार बुँदे निर्णय सार्वजनिक गरेको छ।


बैठकले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

 

एमालेका अनुसार आम जनसमुदाय र नागरिक समाजसँग मिलेर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गरिनेछ। त्यसैगरी, आज अपराह्न ३ बजे देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिने जनाइएको छ।

 

यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गरिनेछ। प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

 

साथै, बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाजसँग सहकार्य विस्तार गर्ने निर्णय पनि गरेको छ।
एमालेले यी कार्यक्रममार्फत देशको वर्तमान परिस्थितिप्रति आफ्नो धारणा स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र विधिको संरक्षणमा जोड दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...