पोखरा। नेपाल पत्रकार महासंघ को ७१औँ स्थापना दिवसको अवसरमा कास्कीमा तीन जना पत्रकार पुरस्कृत भएका छन् भने सहारा क्लब पोखरा लाई संस्थागत सम्मान प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघ कास्की शाखा ले सोमबार आयोजना गरेको कार्यक्रममा सफल न्यूज डटकम का कार्यकारी सम्पादक एकराज गिरी लाई स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित गरिएको हो। उनले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरी विगत २२ वर्षदेखि पोखरामा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन्।
यसैगरी, पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) लाई स्वर्गीय जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ अन्तर्गत नगद २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको छ। उनी हाल समाधान दैनिकमा आबद्ध छन्।
त्यस्तै, पोखरा पत्रकारिता सम्मान २०८१ बाट पत्रकार राजबहादुर गुरुङ लाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला तथा सम्मानपत्र प्रदान गरियाे ।
कार्यक्रममा संस्थागत सम्मान २०८२ बाट सहारा क्लब पोखरा लाई सम्मान गरिएको थियो।पुरस्कार तथा सम्मान सुरेन्द्रराज पाण्डे र महासंघ कास्कीका अध्यक्ष माधव बराल ले संयुक्त रूपमा प्रदान गरे ।