पोखरामा आयोजना हुँदै मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ मा मोर्बिडेलीको प्रतिस्पर्धात्मक डेब्यु

पोखरा । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक हप्ता नबित्दै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ले ‘मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६’ सहभागिता जनाउँदै आफ्नो प्रतिस्पर्धात्मक यात्रा सुरु गरेको छ । प्रतियोगिता पोखरामा शुक्रबार सुरु भएको छ भने शनिबारसम्म चल्नेछ ।

उच्चस्तरीय अफ–रोड प्रतिस्पर्धामा मोर्बिडेलीको प्रतिनिधित्व गर्दै अनुभवी राइडर सन्तोष श्रेष्ठ र विशाल तामाङले शक्तिशाली ‘मोर्बिडेली टि३५२एक्स’ मार्फत प्रतिस्पर्धा गर्दैछन् । उनीहरूको सहभागिताले नेपालमा बढ्दो मोटरस्पोट्र्स संस्कृतिप्रति ब्रान्डको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ ।

मोटो एन्डुरो क्रस च्याम्पियनसिप देशकै एक चुनौतीपूर्ण अफ–रोड प्रतिस्पर्धा हो । जहाँ उत्कृष्ट राइडरहरूले कठिन भू-भाग र अवरोधपूर्ण ट्रयाकमा आफ्नो क्षमता प्रदर्शन गर्छन् । यस्तो प्रतिस्पर्धामा मोर्बिडेलीको सहभागिताले टि३५२एक्सको मजबुती, प्रदर्शन क्षमता र एड्भेन्चर राइडिङका लागि उपयुक्त इन्जिनियरिङलाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

 

नेपालमा भर्खरै मात्र प्रवेश गरेको मोर्बिडेलीले यस्ता प्रतिष्ठित प्लेटफर्ममार्फत स्थानीय राइडिङ समुदायसँग जोडिने र आफ्नो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।

मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गरिएका छन् । ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक छ । मोर्बिडेली टि५०२एक्सको मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ । एफ३५२ र टि३५२एक्सको मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ छ भने टि १००२भिएक्सको मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र सि२५२भीको मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

कम्पनीका प्रतिनिधिहरूले राइडर तथा मोटरसाइकलप्रति विश्वास व्यक्त गर्दै यस प्रतियोगितालाई ब्रान्डको शक्ति, सहनशीलता र रेसिङ डीएनए प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा लिएका छन् ।

सन्तोष श्रेष्ठ र विशाल तामाङको नेतृत्वमा मोर्बिडेलीले पोखराको चुनौतीपूर्ण ट्रयाकमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । जसले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ अध्यायको सुरुवात गर्नेछ ।

टिप्पणिहरु
लोड हुदै...