अफलाइन पठाओ र इनड्राइभ चलाउने १३ जना पक्राउ

पोखरा, बैशाख  ।जिल्ला प्रहरी कार्यालय कास्की ले पोखरा महानगर क्षेत्रमा अफलाइन रूपमा पठाओ तथा इनड्राइभ सेवा सञ्चालन गरी बढी भाडा असुल्ने १३ जनालाई पक्राउ गरेको छ।


प्रहरीका अनुसार एप प्रणालीबाहिर सेवा सञ्चालन गर्दै तोकिएकोभन्दा बढी भाडा लिने र यात्रुहरूलाई अनावश्यक दुःख दिने गतिविधि भइरहेको गुनासो आएपछि निगरानी बढाइएको थियो। सोही क्रममा खटिएको संयुक्त प्रहरी टोलीले पोखराका विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएको हो।

 

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रहरी निरीक्षक गणेश पाण्डे द्वारा जारी विज्ञप्तिमा नियम विपरीत कार्य गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।

👤 पक्राउ परेकाहरू:
१. विष्णु बहादुर नेपाली (३२), आलुमाईडा चोक, पोखरा–८
२. राजन परियार (३६), छोरेपाटन, पोखरा–१७
३. दिल बहादुर गुरुङ (४६), गोंडाको मुख, पोखरा–१३
४. प्रविण थापा (२२), निर्मलपोखरी, पोखरा–२१
५. नवीन थापा (३१), बिरोटा, पोखरा–१७
६. दीपक कुमार गुरुङ (४५), रामबजार, पोखरा–१५
७. अमर बहादुर महता (४५), रामबजार, पोखरा–१४
८. माधव कुंवर (३२), रुपा गाउँपालिका–७
९. बुद्धि बहादुर वि.क. (३३), मादी गाउँपालिका–७
१०. विक्की लामा (३०), बिरोटा, पोखरा–१७
११. कृष्ण कुमाल (४०), भानु नगरपालिका–७, तनहुँ
१२. मिन बहादुर थापा (३२), गोरखा (हाल पोखरा–१३)
१३. कृष्ण बहादुर गुरुङ (२३), पोखरा–१३

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...