पाेखरा ।कास्की प्रहरीले पोखरा महानगरपालिका–२७, तालचोकस्थित हिमालिटोलबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।

मिति २०८३ वैशाख ३ गते बेलुका करिब ४:४५ बजे जुवातास भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट नगद रु. ६७,५६०, अमेरिकी डलर ११२, अष्ट्रेलियन डलर २४० तथा ४ बुक तास बरामद गरिएको छ।
उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट “सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर” अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले घटनाबारे जानकारी दिएका छन्।