काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले भूमि प्रशासनसम्बन्धी सेवाहरू स्थानीय तहबाटै प्रवाह गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।

मन्त्रालयले नेपालको संवैधानिक व्यवस्था अनुसार हाल मालपोत कार्यालय र नापी कार्यालय मार्फत प्रदान हुँदै आएका सेवाहरू स्थानीय तहबाट सञ्चालन गर्न चाहने निकायहरूलाई आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो।
सूचनाअनुसार, सूचना प्रकाशित भएको मितिले सात दिनभित्र इच्छुक स्थानीय तहहरूले सेवा प्रवाहका लागि तयार रहेको व्यहोरा सहितको पत्र पठाउनुपर्नेछ।
उक्त विवरण [email protected], [email protected] वा [email protected] मा पठाउन सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार स्थानीय तहबाटै सेवा सञ्चालन हुँदा सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।