दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

पोखरा, वैशाख ।नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो ।

 


पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैंयाँ, दोसल्ला र सम्मान पत्र छ । पत्रकारद्वयलाई आगामी वैशाख २२ गते दयाशंकर पालिखेको स्मृति दिवसको दिन सम्मान गरिने पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए ।

 


प्रतिभा छनोट समितिमा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य थिए ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर २ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन्  । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत बस्नेतले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरेका थिए ।

 


पोखरा ७ नुवारथोकमा जन्मिएका बराल २०५५ सालदेखि पत्रकारिमा सक्रिय छन् ।  बराल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत छन् । बरालले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्स पनि काम गरेका थिए । पत्रकाद्वयलाई पत्रकारितामार्फत् समाज, राष्ट्र र लोकतन्त्रमा पु¥याएको योगदान स्वरुप सम्मान गर्न लागिएको अध्यक्ष बरालले बताए । 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...