पोखरा ।फेवाताल मा पौडी खेल्ने क्रममा डुबेका १० वर्षीय बालकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उनको ज्यान जोगाउन सकेन।

पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामा बिहान करिब ११स्१५ बजे तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं। २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट उद्धार टोली खटिएको थियो।
सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्मा को कमाण्डमा गएको ७ सदस्यीय गोताखोर टोलीले करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको थियो।
उद्धारपछि तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल लगिएकोमा दिउँसो १२स्१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
यस घटनाले पोखराका जलाशय क्षेत्रमा बालबालिकाको सुरक्षाप्रति थप सचेत हुनुपर्ने आवश्यकता देखाएको छ।