पोखरा, वैशाख २६ — नेपाल दशनामी समाज केन्द्रीय महिला समितिको प्रथम राष्ट्रिय अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले सपना गिरीकाे अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएकाे हाे । सपना दशनामी समाज कास्कीकाे अध्यक्ष समेत हुनुहुन्छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा चन्द्रा पुरी गिरी (कर्णाली), उपाध्यक्षमा तुलसा गिरी (मोरङ), सचिवमा तारा गिरी (सुनसरी), सह–सचिवमा अस्मिता गिरी (वाग्मती), कोषाध्यक्षमा रेखा गिरी (सुनसरी) तथा सह–कोषाध्यक्षमा रेनुका गिरी (स्याङ्जा) चयन हुनुभएको छ।
यस्तै सदस्य पदमा राधिका भारती (इलाम), तुलसी गिरी (माेरङ), जानकी गिरी (पर्वत), ममता पुरी (झापा) र कोपिला गिरी फुटी (स्याङ्जा), देवी गिरी (म्याग्दी) चयन हुनुभएको छ।
अधिवेशनले महिला सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई राष्ट्रिय स्तरमा थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने नवनिर्वाचित अध्यक्ष सपना गिरीले बताउनुभयो। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अशोक गिरीले सपथ ग्रहण गराउनुभएको थियो।
यसअघि अधिवेशनको उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्द विक्रम गिरीले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै उहाँले दशनामी समुदायलाई एकताबद्ध गराउन समाजले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले जेठ महिनाभित्र केन्द्रीय कार्यालय निर्माणका लागि जग्गा खरिद गर्ने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न समूहमा विभाजित दशनामी समुदायलाई एकताबद्ध बनाउन कास्कीले १२ वर्षपछि महिला केन्द्रीय अधिवेशन आयोजना गर्न सफल भएकोमा प्रशंसा गर्नुभयो।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तारा गिरी, उपाध्यक्ष सुरेन्द्र पुरी, पार्वती पुरी, कोशी प्रदेश उपाध्यक्ष तेजबहादुर पुरी, सल्लाहकार बाबुराम गिरी, नेपाल दशनामी समाजका कार्यवाहक महासचिव अशोक गिरी, गण्डकी प्रदेश अध्यक्ष मोति गिरी, दशनामी युवा समितिका अध्यक्ष अर्जुन गिरी, दशनामी महिला समाज गण्डकी प्रदेश अध्यक्ष मिना गिरी तथा दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरी लगायतले दशनामी समाजलाई अझ गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
दशनामी समाजका केन्द्रीय उपाध्यक्ष एवं अधिवेशन आयोजक समितिका संयोजक सरस्वती गिरीले अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। सरस्वती गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला समाज कास्कीका अध्यक्ष सपना गिरीले गर्नुभएको थियो।
यसैवीच दशनामी समाजले प्रकाशन गरेकाे २०८३ सालकाे भित्ते पात्राे समेत सार्वजनिक गरिएकाे थियाे ।