पोखरा, असार ३ । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिको पोखरास्थित आधिकारिक विक्रेता बिडिएल इन्टरप्राइजेज प्रालिले ‘यामाहा ब्लु फेस्ट’ नामक विशेष एक्सचेन्ज इभेन्ट आयोजना गर्ने भएको छ।

पोखरा–१० स्थित रंगशाला गेट नं. २ नजिकको खेल मैदानमा असार ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ग्राहकले सवारी साधन एक्सचेन्ज गर्दा आकर्षक छुट र विभिन्न सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
इभेन्टअन्तर्गत ग्राहकले प्रत्येक एक्सचेन्जमा हाई भ्यालुएसनअन्तर्गत ८ हजार रुपैयाँ तथा श्योर–सट क्यास डिस्काउन्टअन्तर्गत ६ हजार रुपैयाँसम्म लाभ लिन सक्नेछन्। साथै, प्रत्येक खरिदमा दुई वर्षसम्म निःशुल्क सवारी कर र पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधा उपलब्ध गराइनेछ।
कार्यक्रम अवधिभर इभेन्ट अवलोकन गर्ने ग्राहकका लागि विभिन्न डोर प्राइजका साथै लक्की ड्रमार्फत आईफोन १७ प्रो म्याक्स जित्ने अवसर समेत रहेको जनाइएको छ।
बिडिएल इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले ग्राहकलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले विशेष योजना ल्याइएको बताउँदै यसबाट ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।
एमएडब्लु राइड्सका रिजनल म्यानेजर राम बोगटीका अनुसार कार्यक्रममा १२५ सीसीको रे जेडआर स्कुटर, १४९ सीसीको एफजेड सिरिज तथा १५५ सीसीका विभिन्न उच्च प्रदर्शनयुक्त मोटरसाइकल खरिद गर्न सकिनेछ। ग्राहकका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा तथा “नागरिकताको भरमा यामाहा घर लैजाऔँ” योजना समेत उपलब्ध गराइनेछ।
यामाहाका मोटरसाइकल तथा स्कुटर आधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि, आकर्षक डिजाइन, इन्धन दक्षता र उत्कृष्ट प्रदर्शनका कारण नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीको दाबी छ।