पोखरा, ६ असार । उपभोक्ताले के खोज्छ ? सजिलो उत्तर हो– उपभोक्ताले आफ्नो आवश्यकता पूर्तिमा पनि सस्तो र गुणस्तरीय सामान रोज्छ । यहाँसम्म ठीकै हो । तर,मान्छेले उपभोग गर्ने सामानसँग उसको विश्वास अनि भावना पनि जोडिएको हुन्छ ।

उपभोक्ता सधैँ आफूले रोजेको बस्तु गुणस्तरीय र आफू सुहाउँदो होस् भन्ने चाहन्छ । उपभोग गर्ने वा लगाउने सामानले गर्व गर्ने वातावरण बनोस् भन्ने चाहना पनि उसको मनमा लुकेको हुन्छ ।
उपभोक्ताको भित्री मनमा रहेको यही चाहनालाई संसारभरका उत्पादकहरुले ध्यानमा राख्छन्, आफ्नो उत्पादनलाई उपभोक्ताले खोजीखोजी किनोस् भन्ने चाहन्छन् । संसारका नामी ब्राण्डहरु उपभोक्ताको यही चाहनालाई केन्द्रमा राखेर सफल बनेका हुन् ।
उपभोक्ताको भित्री मनमा रहेको यही चाहनालाई संसारभरका उत्पादकहरुले ध्यानमा राख्छन्, आफ्नो उत्पादनलाई उपभोक्ताले खोजीखोजी किनोस् भन्ने चाहन्छन् । संसारका नामी ब्राण्डहरु उपभोक्ताको यही चाहनालाई केन्द्रमा राखेर सफल बनेका हुन् ।

नाइकी र एडीडासका जुत्ताहरु,स्टारवक्सको कफी,बर्गरकिङ्स ,कोकाकोला यस्तै नाम हुन्,जसलाई उपभोक्ताले आँखा चिम्लेर उपभोग गर्छन् । तर,यी कम्पनीहरु पनि सुरुमा त्यति लोकप्रिय थिएनन् । ती उत्पादनलाई लोकप्रिय बनाउनको लागि कम्पनीले ठूलो मिहिनेत गरेका छन् । बजारिया भाषामा त्यसलाई ‘ब्राण्डिङ’ भनिन्छ । ब्राण्ड भनेको विश्वास हो र विश्वास आर्जन गर्न कम्पनीहरुले उपभोक्तासँग जोडिन सक्नुपर्छ ।
उपभोक्तासँग कसरी जोडिने ? पोखरा उद्योग वाणिज्य संघले स्केल अफ नेपाल भन्ने संस्थासँगको सहकार्यमा पोखरामा यही सीप सिकाउन सुरु गरेको छ । स्केल अप नेपाल पोखराकै केही युवाहरुले संचालनमा ल्याएको मार्केटिङ,ब्राण्डिङ र सूचना प्रविधिसँग खेल्दै व्यावसायिक सफलता सिकाउने संस्था हो ।
शुक्रबारबाट सुरु भएको तालिममा सहभागी ६१ जनालाई कसरी आफ्नो उत्पादनलाई अब्बल अर्थात् उपभोक्ताले रुचाउने ब्राण्ड बनाउने, आफ्नो उत्पादनलाई कसरी उपभोक्तासम्म पु¥याउने तथा पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा व्यापक प्रयोग भएको कृतिम बुद्धिमत्ता ( एआई) लाई उत्पादकत्वसँग जोड्ने भन्नेबारे सिकाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार बदलिँदो बजारको स्वभाव र उत्पादन,बजारीकरणमा सूचना प्रविधिको प्रयोग सिकाउनै लागि तालिमको आयोजना गरिएको हो ।
‘कृतिम बुद्धिमत्ता (एआई) ले संसारको काम गर्ने शैली बदलेको छ । प्रविधिलाई उपयोग गरिएन भने पछि परिन्छ र उत्पादकत्व बढाउन यसलाई उपयोग गर्नुपर्छ भन्ने ठानेर तालिममा संघले चासो दिएको हो,’उनले भने,‘हाम्रा उत्पादनहरु गुणस्तरीय भएरमात्र हुँदैन, प्रतिस्पर्धी बजारमा टिक्न त्यसको बजारीकरणमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार संघले पछिल्लो समय सदस्यहरुको क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री बनाउनको लागि विभिन्नखाले तालिम आयोजना गर्ने सिलसिलामा स्केल अप नेपालसँग सहकार्य गरिएको हो । तालिमको आइतबार समापन हुने उनले जानकारी दिइन् ।
प्रशिक्षक सौरभ लोहनीले ब्राण्ड निर्माण मान्छेको भावनासँग जोडिने खेल भएको बताए । उनले एआईको प्रयोग उत्पादकत्व बढाउन सहायक हुने पनि बताए ।
प्रशिक्षक सौरभ लोहनीले ब्राण्ड निर्माण मान्छेको भावनासँग जोडिने खेल भएको बताए । उनले एआईको प्रयोग उत्पादकत्व बढाउन सहायक हुने पनि बताए ।