गण्डकी प्रदेश शारीरिक सुगठन संघ प्रदेश खेलकुद परिषद् गण्डकीमा दर्ता

पोखरा, साउन १८ — गण्डकी प्रदेश शारीरिक सुगठन संघ प्रदेश खेलकुद परिषद्मा विधिवत् दर्ता भई आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ।

संघका अध्यक्ष प्रकाश पौडेलले यो उपलब्धि संस्थाको इतिहासमा महत्वपूर्ण र गौरवपूर्ण क्षण भएको बताएका छन्। उनले यस सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, प्रेरणा र विश्वास प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
अध्यक्ष पौडेलका अनुसार यो सफलता कुनै एक व्यक्ति वा समूहको मात्र नभई संस्थापक, सल्लाहकार, खेलाडी, सदस्य, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीहरूको साझा प्रयास, एकता, समर्पण र विश्वासको परिणाम हो।

 

उनले यस उपलब्धिलाई नयाँ सुरुवातका रूपमा लिँदै गण्डकी प्रदेशमा शारीरिक सुगठन खेलको विकास, खेलाडीहरूको हित संरक्षण तथा संस्थाको सुदृढीकरणका लागि अझ जिम्मेवारी, इमानदारी र समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

संघले आगामी दिनमा शारीरिक सुगठन खेलको प्रवर्द्धन, खेलाडीको क्षमता विकास र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...