खुला नालाका कारण दुई जनाको ज्यान गएपछि वडा सदस्य गुरुङको आक्रोश,नगरसभामा पटक–पटक उठाएको विषय कार्यान्वयन भएन

पोखरा । पोखरा महानगरपालिका–१७ का वडा सदस्य विक्रम गुरुङले नगरसभामा पटक–पटक उठाएको खुला नालामा स्ल्याब राख्ने विषय कार्यान्वयन नहुँदा दुःखद घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

 


गुरुङका अनुसार फेवा नहरमा मिसिने नालामा खुला स्ल्याब हुँदा फोहोर फाल्ने समस्या बढेको र त्यसको असर फेवा नहरदेखि राममन्दिर हुँदै महतगौडासम्म परेको थियो। यही समस्यालाई ध्यानमा राख्दै उनले मुस्ताङचोकदेखि नागढुङ्गासम्म सडकछेउमा रहेका नालामा स्ल्याब राख्नुपर्ने विषय नगरसभामा उठाएका थिए।
तर, उक्त विषयमा समयमै योजना बनाएर काम हुन नसक्दा अहिले त्यही नालाका कारण दुई जनाले अकालमै ज्यान गुमाउनुपरेको गुरुङको भनाइ छ।

 

उनले भनेका छन्, “नगरसभामा उठेका कुराको गाम्भीर्यता बुझेर योजना समावेश नहुने भए नगरसभाको के नै अर्थ रह्यो र? सधैँ घटना घटिसकेपछि पाठ सिक्ने परिपाटीको अन्त्य कहिले होला?”
वडा सदस्य गुरुङले नगरसभामा उठाइएका जनसरोकारका विषयलाई गम्भीरतापूर्वक लिएर समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...