फेवातालमा हराएका विदेशी नागरिक सकुशल भेटिए

पोखरा । फेवातालमा हराइरहेका एक विदेशी नागरिकलाई खोज तथा उद्धार टोलीले सकुशल फेला पारेको छ।

शनिबार राति करिब ८ः३० बजे खोजी गर्ने क्रममा फेवातालको किनार हुँदै झाडी क्षेत्रमा कयाकिङ (Kayaking) गरिरहेका उनलाई खहरेस्थित प्रि डम होटलमा पुगेर बसेको अवस्थामा फेला पारिएको हो।

 

खोज तथा उद्धार टोलीले सकुशल अवस्थामा फेला पारेपछि उनलाई उनका साथीहरूको जिम्मा लगाएको जनाएको छ। त्यसपछि उद्धार टोली फर्किएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...