पोखरा, भदौ १५ । रसुवामा आएको बाढी तथा विपद्पछि पोखराबाट गएका तथा रसुवा क्षेत्रमा रहेका १४ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक गरिएको छ।

सम्बन्धित परिवार तथा आफन्तले दिएको जानकारीका आधारमा सार्वजनिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा पोखरा महानगरपालिकाका विभिन्न वडाका साथै सिराहा र सिन्धुलीका व्यक्ति पनि छन्।
सम्पर्कविहीन हुनेमा सविना पौडेल (पोखरा–१७), छमप्रकाश थापा (पोखरा–१५), मनु बुढा (पोखरा–१५), सृष्टि बास्तोला (पोखरा–५), अभिषेक आचार्य (पोखरा–६), आनन्द कुमार महतो (धनगढीमाई नगरपालिका, सिराहा), प्रविन पुर्जा (सिन्धुली), लिला बहादुर थापा (पोखरा–१२), सुमन श्रेष्ठ (पोखरा–१२), देवीकुमारी गुरुङ (पोखरा–१५), विनु गुरुङ (पोखरा–१३), गोविन्दबहादुर अधिकारी (पोखरा–१४), राजेश शर्मा र प्रमिला पाठक रहेका छन्।
उनीहरू सबैको सम्पर्कविहीन स्थान रसुवा रहेको विवरणमा उल्लेख छ। राजेश शर्माको हकमा नुवाकोटको त्रिशूली क्षेत्रसमेत उल्लेख गरिएको छ।
उपलब्ध विवरणअनुसार सम्पर्कविहीन हुनेमध्ये पुरुष ८ जना र महिला ६ जना रहेका छन्। केहीको उमेर विवरण खुलाइएको छैन।
सम्बन्धित परिवारले उनीहरूको अवस्था तत्काल पत्ता लगाई सकुशल उद्धार तथा सम्पर्कमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। कसैलाई उनीहरूका बारेमा जानकारी भएमा सम्बन्धित परिवार वा सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।