पोखरामा पहिचान नखुलेका ७८ शव व्यवस्थापन

पाेखरा, भदौ ।भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका ७८ वटा पहिचान नखुलेका शव पोखरामा व्यवस्थापन गरिएकाे छ।


गोरखा, तनहुँ, धादिङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका नदी किनारमा फेला परेका शव पोखरा ल्याई पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र वडा नं. ११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालको शवगृहमा राखिएका थिए।


मंगलबार बिहान ११ बजेदेखि ती शवलाई पोखरा महानगरपालिका–१६, उपल्लो दीप सिसौघारीस्थित सिँचाइको सरकारी जग्गामा व्यवस्थापन  थालिएको हो।


शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक नवीन कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ। उक्त स्थान जिल्ला प्रहरी कार्यालय कास्कीबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...