फेवातालमा डुबेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा, भदौ २० । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको छ।

पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा कायकिङ गर्ने क्रममा तामाङ डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका फेवा रेस्क्यु टावरबाट विपद् उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा आवश्यक उद्धार सामग्रीसहित खटिएको गोताखोर टोलीले खोजतलासका क्रममा दिउँसो २ः५० बजे तालको करिब ३० फिट गहिराइबाट तामाङलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको हो।

उद्धारपछि उनलाई थप उपचारका लागि दिउँसो २ः५५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको सशस्त्र प्रहरी नं. २४ गण हे.क्वा. कालिकाले जनाएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...