पोखरा । कास्कीको पोखरा महानगरपालिका–२५ याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
जिल्ला स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटन बस्दै आएका २१ वर्षीय मुक्तबहादुर रोक्का आइतबार दिउँसो करिब १२ः४५ बजे पौडी खेल्ने क्रममा अचानक खोलामा डुबेका थिए।

घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले तत्काल रोक्काको उद्धार गरी उपचारका लागि मणिपाल अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारकै क्रममा चिकित्सकले दिउँसो २ः०१ बजे रोक्कालाई मृत घोषणा गरेको जानकारी २ः२० बजे प्राप्त भएको प्रहरीले जनाएको छ। उनको उपचारमा मामा कृष्ण कार्की संलग्न थिए।उक्त स्थान वडा प्रहरी कार्यालय बगरबाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्छ।