भारतीय भूतपूर्व सैनिक २/९ गोर्खा राइफल एसोसिएसनद्वारा बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग

पोखरामा भारतीय भूतपूर्व सैनिक २/९ गोर्खा राइफल एसोसिएसनद्वारा बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भारतीय भूतपूर्व सैनिक २/९ गोर्खा राइफल एसोसिएसन, गण्डकी प्रदेश परिवारले २ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एसोसिएसनका अध्यक्ष सुबेदार चित्रबहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग संकलन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार एसोसिएसनका सदस्य तथा शुभेच्छुकहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

विपद्को पीडामा रहेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो तहबाट सहयोग जुटाएर सरकारको राहत कोषमा रकम हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।

अध्यक्ष मल्लले ‘जय गोर्खा, जय नेपाल’ भन्दै सहयोग रकमभन्दा पनि त्यसपछाडिको भावना ठूलो रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “सहयोग रकम सानो भए पनि हाम्रो भावना ठूलो हो। यस पुण्य कार्यमा मन, वचन र कर्मले आर्थिक सहयोग गर्न पाउँदा आफूलाई पनि गर्व लागेको छ।”

अध्यक्ष मल्लले भोटेकोशी बाढीमा ज्यान गुमाउने दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै उहाँले प्रभावित नागरिकको जीवन सामान्य बनाउन छिटोभन्दा छिटो राहत, उद्धार तथा पुनःस्थापनाको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग हार्दिक अपिल गर्नुभएको छ। भारतीय भूतपूर्व सैनिक २/९ गोर्खा राइफल एसोसिएसन, गण्डकी प्रदेश परिवारले २ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एसोसिएसनका अध्यक्ष सुबेदार चित्रबहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग संकलन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार एसोसिएसनका सदस्य तथा शुभेच्छुकहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

विपद्को पीडामा रहेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो तहबाट सहयोग जुटाएर सरकारको राहत कोषमा रकम हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।

अध्यक्ष मल्लले ‘जय गोर्खा, जय नेपाल’ भन्दै सहयोग रकमभन्दा पनि त्यसपछाडिको भावना ठूलो रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “सहयोग रकम सानो भए पनि हाम्रो भावना ठूलो हो। यस पुण्य कार्यमा मन, वचन र कर्मले आर्थिक सहयोग गर्न पाउँदा आफूलाई पनि गर्व लागेको छ।”

अध्यक्ष मल्लले भोटेकोशी बाढीमा ज्यान गुमाउने दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै उहाँले प्रभावित नागरिकको जीवन सामान्य बनाउन छिटोभन्दा छिटो राहत, उद्धार तथा पुनःस्थापनाको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग हार्दिक अपिल गर्नुभएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...