नयाँ हुन्डाई भेन्यू अब पोखरामा

पाेखरा ।हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यू’ अब पोखरामा पनि उपलब्ध भएको छ। पोखरा तथा आसपासका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको भेन्यू प्रत्यक्ष अनुभव गर्न पाउने भएका छन्।

अल–न्यु भेन्यूमा बोल्ड तथा आकर्षक एसयूभी डिजाइनसँगै आरामदायी सुविधा, आधुनिक प्रविधि र प्रभावकारी कार्यक्षमता समावेश गरिएको छ। यसको डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निस लगायतका विशेषता छन्।
गाडीको भित्री भागमा १०.२५ इन्च सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ जस्ता सुविधा उपलब्ध छन्।

 

कार्यसम्पादनका लागि भेन्यूमा केप्पा १.२ लिटर एमपीआई पेट्रोल र केप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। यसले दैनिक यात्राका लागि सहज कार्यसम्पादनसँगै टर्बो इन्जिनबाट थप प्रतिक्रियाशील कार्यक्षमताको विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ।

 

सुरक्षातर्फ भेन्यूमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल–स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) लगायतका सुविधा छन्।

 

अल–न्यु भेन्यूको नेपाली बजारमा सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ। यो एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

अल–न्यु भेन्यू अब पोखरास्थित हुन्डाई सोरुममा उपलब्ध भइसकेको छ। ग्राहकले सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा अन्य सुविधाबारे जानकारी लिनुका साथै प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...