पाेखरा, असाेज २७ गते । सवारी नियम उल्लङ्घन नियन्त्रण तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा ४७ वटा विद्यालयका बस जाँच गरिएको छ।

२०८३ असोज २६ गते ट्राफिक प्रहरीले कार्यालय तथा मातहतका क्षेत्रबाट सञ्चालन हुने विद्यालयका बसलाई लक्षित गरी जाँच गरेको हो।
जाँचका क्रममा आवश्यक कागजात दुरुस्त भएका २५ वटा बसका चालकलाई सम्झाइबुझाइ गरिएको छ। नियमविपरीत सञ्चालनमा रहेका २२ वटा बसका चालकलाई भने दुई दिनभित्र सवारीसाधनको सम्पूर्ण अवस्था सुधार गर्न निर्देशन दिइएको छ।
सवारी नियमको पालना गराउने, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयका बसमा केन्द्रित भएर जाँच गरिएको प्रहरीले जनाएको छ।
