पोखरा। युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ आगामी कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने उक्त कार्यक्रममा प्रवेश निःशुल्क राखिएको छ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भइसकेको यो कार्यक्रमले पोखराका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै छानामुनि ल्याउने आयोजकको विश्वास छ। बुटवल संस्करणमा करिब २,५०० जनाको सहभागिता रहेको थियो भने पोखरामा पनि सोही अनुरूप उत्साहपूर्ण उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा पल्सर एन१६० मोटरसाइकलमार्फत रोमाञ्चक स्टन्ट प्रदर्शन गरिनेछ। यसका साथै बीएमएक्स (BMX), स्केटबोर्डिङ, ब्रेकिङ, ‘गेम अफ स्केट’ र क्यालिस्थेनिक्स जस्ता एक्सन स्पोर्ट्सका खेलहरूले कार्यक्रमलाई थप रोमाञ्चक बनाउनेछन्। स्थानीय डिजे तथा ग्राफिटी कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको विशेष प्रदर्शनी एवं टेस्ट राइड (परीक्षण राइड) को पनि व्यवस्था गरिएको छ। सहभागीहरूका लागि पप-अप स्टोर, स्वादिष्ट खाना, कफी तथा अन्य मनोरञ्जनात्मक गतिविधिको समेत प्रबन्ध रहनेछ।
पल्सर आरपीएम केवल मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय युवा प्रतिभाहरूलाई आफ्नो सीप र सिर्जनशीलता देखाउने अवसर प्रदान गर्ने माध्यम पनि हो। विभिन्न खेल, कला र संगीतमा सक्रिय युवाहरूलाई जोड्दै पोखराको युवा संस्कृति र स्थानीय क्षमतालाई प्रवर्द्धन गर्नु यसको मुख्य उद्देश्य रहेको छ। कार्यक्रम कात्तिक १४ गते दिउँसो १२:०० बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधिहरू दिउँसो २:३० बजेदेखि सञ्चालन हुनेछन्। आयोजकले पोखरा तथा आसपासका क्षेत्रका सम्पूर्ण युवाहरूलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ।