चर्चित लोकदोहोरी गायिका पार्वती र तुलसा जिसीलाई पितृशोक

पोखरा । चर्चित लोकदोहोरी गायिकाद्वय पार्वती जिसी र तुलसा जिसीलाई पितृशोक परेको छ। उहाँहरूका  पिता तथा माछापुच्छ्रे क्षेत्रका प्रतिष्ठित व्यक्तित्व चन्द्रबहादुर घर्ती क्षेत्री (तीन तले माइला बा) को ७९ वर्षको उमेरमा निधन भएको छ।

घर्ती क्षेत्रीको २०८३ साल कार्तिक २३ गते असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको निधनले परिवार, आफन्तजन तथा माछापुच्छ्रे क्षेत्र शोकमा डुबेको छ।

 

स्वर्गीय घर्ती क्षेत्रीको पार्थिव शरीरको अन्तिम दाहसंस्कार भोलि बिहान ९ः३० बजे लाहाचाेकस्थित सेतीघाट (सेती–लस्ती दोभान) मा गरिने परिवारले जनाएको छ।

 

लोकदोहोरी गायिकाद्वय पार्वती र तुलसा जिसी नेपाली लोकसङ्गीत क्षेत्रमा परिचित नाम हुन्। उहाँहरूका पिताको निधनले परिवारमा अपूरणीय क्षति पुगेको छ।

स्वर्गीय चन्द्रबहादुर घर्ती क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त गायिकाद्वय जिसीसहित सम्पूर्ण परिवारजन, आफन्त तथा इष्टमित्रमा गहिरो समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...