भलिबल कप्तान अरुणालाई नगद सहित सम्मान

पोखरा, माघ ३ गते ।नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ स्पोर्टस अवार्डमा पिपल्स च्वाइस अवार्ड विजेता अरुणलाई पश्चिमाञ्चल भलिबल संघ, कास्की जिल्ला भलिबल संघ र गण्डकी प्रदेश सरकारले नगद सहित सम्मान गरे । शाहीले काठमाडौमा सम्पन्न स्पोर्टस अवार्डमा सबैभन्दा धेरै भोट ल्याएर अवार्डसंग पल्सर बाइक जित्नुभएको थियो ।


शनिबार पोखरा रगंशालामा आयोजित कार्यक्रममा पिपल्स च्वाईसमा पर्न सफल अरुणा शाही जिताऔँ अभियान सहयोग संकलन समितिले ३ लाख सहित सम्मान गरेको हो भने गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नगद एक लाख रुपैयाँ प्रदान गरेको छ । अरुणा शाही जिताआँै अभियान मार्फत संकलन गरिएको रकमबाट बचत भएको ३ लाख शाहीलाई प्रदान गरिएको हो ।

शाहीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले नगद चार लाख रुपैयाँ सहित सम्मानपत्र, मालाले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री नरदेवी पुनले अरुणालाई थप हौसला र प्रोत्साहन गर्न मन्त्रालयको तर्फबाट सहयोग गरेको बताउनुभयो । उहाँले अरुणालाई भलिबल खेलमा ल्याउन प्रशिक्षक र उनलाई शिक्षा सहित खेल्ने वातावरण सृजना गर्ने ज्ञानुबाबा विद्यालयले अवार्ड प्राप्त गर्ने वातावरण सृजना गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले खेलकुद र खेलाडीहरुका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

 

सम्मानपछि बोल्दै अरुणा शाहीले आफनो जित सबै खेलाडीहरुको जित भएको बताउनुभयो । उहाँले भलिबल संघले आफुलाई अवार्ड जिताउन गरेको अभियानप्रति धन्यबाद ज्ञापन गदै यस्तै सहयोग, माया र हौसलाकै कारण विभागीय टिममा जाने सोच नबाएको बताउनुभयो । गण्डकीबाट खेल्ने धेरै खेलाडीहरु विभागीयमा गएका छन् उहाँले भन्नुभयो, ‘यस्तै माया, सद्भावले मलाई विभागीय टिममा जाने सोच छैन् । त्यहाँ गएको भए यस्तो सम्मान पाउने थिइन् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...