पोखरा, फागुन १० गते । विद्यालयको गेटले च्याप्पिएर एक विद्यार्थीको मृत्यु भएको छ । नवलपरासी पूर्व कावासोती नगरपालिका वडा नम्वर ५ पश्चिमा टोल स्थित कालिका माध्यमिक विद्यालयको कक्षा तीनमा अध्ययनरत १० वर्षिय गमित्रा सिंजालीको गेटले च्याप्पिएर मृत्यु भएको हो ।
विद्यालयको गेट नजिकै खेल्ने क्रममा अचानक गेट पल्टिन गई च्यापिदा सिंजालीको घटनास्थलमानै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सोही विद्यालयको कक्षा ४ मा अध्यानरत वर्ष ९ को किस्मत ढकाल सामान्य घाईते भएको प्रहरीले जनाएको छ । सो स्थानमा प्रहरी टोली खटि गइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।