महिलाहरू आयआर्जनसँग जोडिनु पर्छ –उपसभामुख शर्मा

पोखरा, फागुन २५ गते ।ः गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले महिलाहरू संविधान प्रदत्त हक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm लाग्नुपर्ने बताउनु भएको छ ।१११ औं अन्तरािष्ट्रय नारी दिवसको अवसरमा मस्र्याङदी गाउँपालिका एवम् महिला सञ्जालद्वारा संयुक्त रुपमा आयोजित अन्तरकृया कार्यक्रममा उहाँले सशक्तिकरण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।


राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउँदै उपसभामुख शर्माले मुलुकबाट सबै खाले हिंसा र गरिबीपनको अन्त्यका लागि उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताउनुभयो ।गण्डकी प्रदेश सभाले हालसम्म ४६ वटा कानून निर्माण गरेको जानकारी दिँदै उहाँले कानूनको कार्यान्वयनका साथै आयआर्जनका लागि प्रदेश सरकार जिम्मेवार बन्दै आएको धारणा राख्नुभयो ।

संवैधानिक अधिकार प्राप्त भएपनि महिलाहरू राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले क्षमता अभिवृद्धिका साथै समय सापेक्ष नेतृत्व विकास गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।मस्र्याङयादी गाउँपालिकाका अध्यक्ष अर्जुुन गुरुङले महिला सशक्तिकरणका लागि गाउँपालिकाले जोड दिंँदै आएको बताउँदै प्राप्त अवसरलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकास्तरीय महिला सञ्जालका अध्यक्ष राममाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वेशिसहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रवित्रा रानामगर,नेकपाका धनसिंङ तामाङ, नेकाका कृष्णबहादुर गुरुङ, हिरादेवी घले लगायतले मुलुकको समृद्धिका लागि महिलाको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।

नारी पुरुष सरावरी सधैभरी बरावरी, लैङिक ंिहंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नारा लेखिएका प्लेकार्ड सहितको गाउँपालिकाका छुट्टछुट्टै स्थानबाट निस्केको महिला ¥याली भुलभुलेस्थित सभा हलमा सभामा परिणत भएको थियो । सो अवसरमा रेडियो मस्याङको मञ्जरी नाट्य समूहद्वारा चेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...