ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन्। पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसद पद जोगाउनतिर आफू नलाग्ने स्पष्ट पारे। ‘मेरो अर्थमा सांसद पद गौण भा’छ अहिले। सांसद पद बचाउन हामी हिँड्ने पक्षमा छैनौं,’ उनले भने।
सर्वोच्च अदालत एमाले, माओवादी केन्द्र ब्युँतिएपछि उनी अहिले एमालेको पक्षमा लागेका छन्। माओवादीबाट चुनाव जितेका मन्त्री रायमाझी अहिले पार्टी ब्यूँतिएपछि एमालेतिर लागेका हुन्।
‘प्रचण्ड जी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना एकदमै कम छ । एक प्रतिशत पनि छैन,’ उनले भने।