कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
मिति २०७७।१२।०७ गते अन्दाजी ०५:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-१० अमरसिहं चोक स्थित पैदल यात्री भारत उत्तर प्रदेश घर बताउने वर्ष २८ को जयराम थर (नखुलेको) लाई वडा प्रहरी कार्दयालय रामबजार कास्कीबाट खटिएको मोबाइल टोलीले शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो रङको झोलाबाट नुर्फिन-५५ एम्पुल, डाइजापाम-५६ एम्पुल र फेनारगन-५४ एम्पुल गरी जम्मा १६५ एम्पुल लागूऔषध र नगद रु.२८,३६५/-(रु.अठ्ठाईस हजार तीन सय पैंसठ्ठी) सहित फेला पारी निजलाई नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
कास्की: सवारी दुर्घटना
मिति २०७७।१२।०७ गते, अन्दाजी ०९:२० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका-५ जिरो स्थित ग १ च ८३९५ नं.को पिकअप भ्यानले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ७ को आयुष नेपालीलाई ठक्कर दिदा घाईते भई उपचारको लागि रिजनल अस्पताल जिरो कि.मि.पठाएको, अवस्था मध्यम, घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।