वाग्ले विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

खानेपानी संस्थानका वाग्ले विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
पोखरा, असोज १४ गते । नेपाल खानेपानी संस्थान, पोखरा शाखा, बिन्दवासिनी इकाईमा सहायक प्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेले विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुन्धान कार्यालायले बुधबार २५ हजार विगो सहित आरोप पत्र दायर गरेको । सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस र रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले वाग्लेलाई सेवाग्राहीबाट पचीस हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल खानेपानी संस्थान, पोखरा शाखा, विन्ध्यवासिनी इकाईमा करार सेवामा सहायक प्रशासन पदमा कार्यरत वाग्लेले सेवाग्राहीसँग खानेपानीको धाराको मिटर बिग्रिएकोले उक्त मिटरका कारण बढी उठेको महसुल रकम मिलाई नयाँ मिटर परिवर्तन गरिदिने प्रयोजनका लागि रकम माग गरी लिएको अख्तियारले जनाएको छ ।

भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले वाग्लेलाई बिगो पच्चीस हजार कायम गरी भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...