अब पोखराका सडकमा खाल्टा देख्न नपाइने, अस्फाल्ट पीच सुरु(फोटो फिचर)

पोखरा, असोज २७ गते । बर्खामा आउने भलबाढिले सडक भत्कने र सडकमा पार्ने खाल्टाका कारण पोखरा महानगरपालिकाले धेरै आलोचना खेप्नु परेको छ ।

विहान खाल्टा पु¥यो । बेलुका पानीले बगाउने अवस्थाको अव अन्त्य हुने भएको छ । पोखराका मुख्य सडककै हालत हरेक वर्ष बर्खामा हुने खाल्टाखुल्टीले महानगरका नेतृत्वकताप्रति व्यापक आलोचना गर्ने गरेका छन् । पोखरामा मुख्य सडकहरुमा अव खाल्टाखुल्टी पर्ने र नागरिकले भोग्नुपर्ने सास्तीको अन्त्य हुने भएको छ ।

पोखराका मुख्य सडकहरु महंगो प्रविधिबाट पीच गरेर बढी टिकाउ बनाउनेतर्फ प्रदेश र स्थानीय सरकार लागेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखराका मुख्य र व्यस्त रहने सडकको बनावट र प्रविधि नै फेर्ने भएका छन् । अस्फाल्ट प्रविधि बलियो, टिकाउ र महंगो मानिन्छ । यो अमेरिकी प्रविधि हो र पोखराजस्तो बढी पानी परिरहने ठाउँमा यस्तो सडक उपयुक्त हुन्छ ।

पोखरा महानगरपालिकाले पोखराका व्यस्त सडकमा अस्फाल्ट पिच सुरु गरेको छ । सभागृहदेखि बीपीचोकसम्मको न्युरोड, पस्र्याङदेखि सिद्धार्थचोक, चिप्लेढुंगा हुँदै महेन्द्रपुलसम्म, महेन्द्रपुलदेखि बगर हुँदै दीपसम्म र महेन्द्रपुल, रानीपौवा हुँदै अमरसिंह चोकसम्मको सडक बढी टिकाउ राख्ने अस्फाल्ट प्रविधिबाट वीच सुरु गरिएको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

महानगरले करिब १२ किलोमिटर सडक अस्फाल्ट पिच गर्दै छ । त्यसका लागि २० करोड रुपैयाँ अनुमान गरेको थियो । तर अहिले १७ करोडमा ठेक्क सम्झौता भएर काम सुरु भएको छ ।

अहिले भइरहेको सडकमा एक तह थपिन्छ । तर, चौडाइ उही नै हो,’ महानगरपालिकाका इन्जिनियर राजु रेग्मीले भन्नुभयो ।बढी गाडीको चाप हुने ठाउँमा टिकाउ सडकका लागि अस्फाल्ट प्रविधिबाट सडक बनाउन लागिएको हो उहाँले भन्नुभयो । तस्विर ः एकराज गिरी

के हो अस्फाल्ट प्रविधि ?

पछिल्लो समय सडक निर्माणमा धेरै सुनिएको र धेरै प्रयोग नभएको प्रविधि हो, अस्फाल्ट कंक्रिट प्रविधि । पोखरामा जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्म यो प्रविधिबाट बनेको सडक हो ।यो प्रविधिबाट मुख्य २ तरिकाबाट सडक पिच हुन्छ । सडकमा भएको कालोपत्र पूरै निकालेर नयाँ हाल्ने र रसायनहरु थपि अझ बलियो बनाउने गरी भइरहेको कालोपत्रेमाथि पुनः कालोपत्रे गर्ने । यी दुबै तरिका अब पोखरामा प्रयोग हुन लागेका छन् ।

यो अमेरिकी प्रविधि हो । महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो । अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ । यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ ।दैनिक ३ सयभन्दा बढी गाडी गुड्ने ठाउँमा अस्फाल्ट गर्न संघीय भौतिक पूर्वाधार मन्त्रालयले भनेको छ । अस्फाल्ट प्रविधिबाट बनेको सडक ८ देखि १० वर्षसम्म टिक्छ । यो प्रविधिमा कालोपत्रे ४ सेन्टिमिटरभन्दा बढी हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...