कोभिड न्यूनीकरण गर्न साझा सहकार्यको आवश्यकता

काठमाडौँ, असोज २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) र अन्य विपद्का सम्बन्धमा विश्व व्यवस्थाकै बारे नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था सिर्जना गरेको बताउनुभएको छ । “मानव समाज, देश, राज्यका सीमाभन्दा माथि मानवीय सम्बन्ध र एक अर्काको भविष्य कति अन्तर सम्बन्धित छ भन्ने कुरा बुझ्नुपर्ने र तद्अनुसार नयाँ विश्व व्यवस्था र सामूहिक मानवतावादी विश्वतर्फ जानुपर्ने अवस्थाले झक्झकाएको छ”, उहाँले भन्नुभयो ।


विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्य मञ्चले मङ्गलबार आयोजना गरेको बेविनारलाई सम्बोधन गर्दै उहाँले कोभिड न्यूनीकरण गर्न साझा सहकार्यको आवश्यकता औँल्याउनुभएको हो ।नेपाल यतिबेला आक्रान्त रहेको चर्चा गर्दै उहाँले यो भाइरस विश्वव्यापी महामारीका रूपमा आइरहेको चर्चा गनर््ुभयो । यसले मानव जातिमा एउटा ठूलो विकराल विपद् सिर्जना गर्दै मानिसलाई आतङ्कित बनाएको उहाँको भनाइ थियो । मानिसको जीवन कष्टकर बनाउने र जीवन नै लिने सक्ने भएकोमा उहाँले ध्यानाकर्षण गराउनुभयो । “अर्थतन्त्रमा गम्भीर रूपमा क्षति पु¥याएको छ, आधुनिकीकरण, समृद्धि, सामाजिक न्याय, समानता र सुखको भागबण्डा गर्ने आकाङ्क्षा तर्फका हाम्रा प्रयासमा गम्भीर धक्का दिएको छ’’, प्रधानमन्त्रीले स्पष्ट पार्नुुभयो ।

यस वर्ष नेपालमा ‘विपद् जोखिममैत्री सुशासन ः सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ नाराका साथ यो दिवस मनाइएको छ । दिवसले जोखिम न्यूनीकरण गर्नेतर्पm प्रभावकारी कदम चाल्न, नीति तर्जुमा सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव लिएर अझ प्रभावकारी नीति निर्माण गर्न सहयोग पु¥याउने र अझ प्रभावकारी कार्य सञ्चालन गर्न अनुभव प्राप्त हुने कुरा व्यक्त गर्नुभयो ।
विपद् समाधान गर्न सन् २०१५ मा बनाइएको विश्वव्यापी लड्ने रणनीति र त्यही समयदेखि सुरु भएको दिगो विकासका लक्ष्य २०३० सँगसँगै जोडिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुुभयो ।

 

ती लक्ष्य पूरा गर्न नेपालले २०७५ मा विपद् जोखिम न्यूूनीकरण गर्न राष्ट्रिय नीति तर्जुमा र २०३० सम्मको राष्ट्रिय रणनीति तय गरेको जानकारी उहाँले दिनुभयो । केन्द्र सरकार, प्रदेश र स्थानीय तह सबैमा केन्द्रले तय गरेका नीति र रणनीति प्रवाह गर्न सबै तहमा जानकारी गराउने काम भइरहेको उहाँले बताउनुभयो । सरकारी र गैरसरकारी संस्थासँग सहकार्य गरेर अगाडि बढेको अवस्थामा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोग र तत्परताको अपेक्षा राखेको उहाँले उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ, अन्य सङ्घसंस्था र त्यस मातहतका विपत्ति न्यूनीकरण र वातावरणीय पक्ष जोडिएका सङ्घसंस्थासँग विश्वव्यापी सहकार्य गर्न नेपालले चाहेको बताउनुभयो । भुइँचालो, आगजनी, सामुद्रिक आँधी, ज्वालामुखी, तुफान लगायत फरक स्वरूप रहे पनि विपद् विश्वको साझा समस्या भएको उहाँले सुनाउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...