आजै मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुदैछन् मन्त्री

काठमाडौं, असोज २८/प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्तको तयारी गर्नुभएको छ । स्रोतका अनुसार उहाले आजै साँझसम्म तीन जना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्न लाग्नु भएको स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयमा विष्णु पौडेल नियुक्त हुने लगभग पक्का जस्तै रहेको छ ।

नयाँ नियुक्त हुने मन्त्रीमा पौडेलसँगै जनार्दन शर्मा (रुकुम), कृष्णगोपाल श्रेष्ठ (काठमाडौं) र लिलानाथ श्रेष्ठ (सिराह) को सम्भावना प्रवल रहेको स्रोतको दावी छ । यसैगरी प्रधानमन्त्री ओलीले मन्त्रीको जिम्मेवारी समेत हेरफेर गर्ने स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...