दुई मन्त्रीको जिम्मेवार हेरफेर, सञ्चारमा गुरुङ,पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । रिक्त रहेको रक्षा मन्त्रालयले भने प्रधानमन्त्री आफैले राख्नु भएको छ ।

यसैगरी रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गर्नुभएको छ । गुरुङ यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्थ्यो ।प्रधानमन्त्री ओलीले आजै अर्थ मन्त्रीमा विष्णु पौडेल (रुपन्देही), सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ (काठमाडौं) र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ (सिराह)लाई नियुक्त गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...