माछापुच्छे वडा नम्वर २ भुर्जुङखोलामा मेलमिलाप केन्द्र स्थापना

पोखरा, असोज ३० गते । स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानले न्यायिक समितिको व्यवस्था गरेको छ । महानगर, नगरपालिका र गाँउपालिकाका उपप्रमुख संयोजक र दुई जना सदस्य रहने व्यवस्था छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष पुरा भएको ।

स्थानीय तहमा न्यायिक समितिले आफनो काम कारबाही अगाडी बढाएका छन् । तर न्यायिक समितिले जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो हुन सकेको छैन् । जनप्रतिनिधिहरु कानुनी पुष्ठभुमिका नहुनु र सवै स्थानीय तहमा कानुन सम्वन्धी पूर्ण ज्ञान भएका कर्मचारीहरुको अभावमा न्याय सम्पादन हुन सकेको छैन् । यसैवीच कास्कीको माछापुन्छ« गाँउपालिकाले वडा तहमा मेलमिलाप केन्द्र स्थापनाको सुरुवात गरेको छ ।

वडा तहका विवादलाई मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको माछापुच्छे« गाँउपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कृष्णकुमारी द्वाडीले बताउनुभयो ।मेलमिलाप केन्द्र स्थापना अन्र्तगत माछापुच्छ्रे गाउँपालिका वडा नम्वर दुई भुर्जुङखोलामा केन्द्र स्थापना गरिएको छ । केन्द्रको उपप्रमुख दवाडीले उद्घाटन गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...