भोलिबाट दशै,घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा

पोखरा असोज ३० गते ।नेपालीहरुको ठूलो चाड दशै भोेलि शनिबारदेखि सुरु हुदैछ । पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । यसै शुभसाइतमा हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने भएको छ ।


शनिबारदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आराधना गरी पूजा आरम्भ हुन्छ । बिहान नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा विधिपूर्पक राखेर त्यसमा थिजौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रिभर प्रत्येक दिन श्रद्धालुहरू बिहान सबेरै तीर्थमा गई स्नान गरी शक्तिपीठहरूमा पूजाआराधना गरी नजिकको शिवलिंगलाई अघ्र्य दिने गर्छन् । पोखराका विन्ध्यबासिनी, तालबाराही, भद्रकाली, केदारेश्वर लगायतका शत्तिपीठमा पुगेर पुजाअर्चना गर्छन् ।
कात्तिक ७ गते शुक्रबार फूलपातीलाई हर्ष बढाई गर्दै डोलीमा राखेर ल्याई हनुमानढोका दरबारस्थित दसैं घर भित्र्याइन्छ । त्यस अवसरमा राष्ट्रपति हनुमान ढोका नासलचोकमा हुने पूजा कार्यक्रम सरिक हुने परम्परा छ । यता पोखराको विन्ध्यबासिनी र कास्कीकोट दरबारमा पुलपाती भियाउने गरिन्छ ।
त्यसैदिनको शुभसाइतमा तलेजु मन्दिरबाट तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रिका रूपमा मनाइने परम्परा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...