पोखरा ३ की ५६ वर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु

पोखरा, कात्तिक १ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकी महिलाको रिपोर्ट पोजेटिभ आएको छ । असोज ३० गते इमेरजन्सी विभागमा उपचारका लागी आउनु भएकी पोखरा महानगरपालिका वडा नम्वर ३ की ५६ वर्षिय महिलाको सोही दिन स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको प्रि आइसोलेसन वार्डमा भर्ना गरि उपचाररत महिलाको ३० गते राती ९ः १५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले शनिबार साँझ विज्ञप्ति जारी गदै मृतक महिलाको रिपोर्ट आज शनिबार पोजेटिभ आएको जानकारी दिनुभएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने महिला १४ औ ब्यत्तिः हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...