आर्थिक आवाजलाई ‘जर्नालिजम अवार्ड अफ दि इयर’


काठमाडौं । आर्थिक आवाज मिडियाले ‘लायन्स जर्नालिजम अवार्ड अफ दि इयर २०१९÷२०’ प्राप्त गरेको छ । आर्थिक मिडिया प्रा.लि. अन्तर्गत आर्थिक आवाज पत्रिका र आर्थिक आवाज डटकम अनलाइन सञ्चालनमा छन् ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेको हो । शनिबार भर्चुअल माध्यमबाट आयोजित ‘ग्राण्ड अवार्ड सेरेमोनी’ मा लायन्स वर्ष २०१९÷२० का डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले आर्थिक आवाजलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।
मिडियाको क्षेत्रबाट आर्थिक आवाजले लायन्सको ब्राण्डिङमा योगदान गरेकाले अवार्ड प्रदान गरिएकोे तत्कालीन गभर्नर लम्सालले सो अवसरमा बताइन् । आर्थिक आवाजले अवार्ड प्राप्त गर्दा खुसी लागेको आर्थिक आवाजका प्रधान सम्पादक तथा सञ्चालक सुरेन्द्र पौडेलले बताए ।
काठमाडौंको नयाँ वानेश्वरमा प्रधान कार्यालय रहेको आर्थिक आवाजको कर्पोरेट कार्यालय पोखरामा छ । आर्थिक आवाज बिगत ५ वर्ष अगाडिबाट सञ्चालनमा रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...