गण्डकीमा सोमबार विहानै ५६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कात्तिक ३ गते । गण्डकी प्रदेशमा सोमबार बिहानै ५६ जनामा कोरोना संक्रण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले विहानै विज्ञप्ति जारी गदै नयाँ ५६ सक्रमित पुष्टि भएको जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७६५ पुगेको छ । विहान पुष्टि भएका संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान,चितवन मेडिकल कलेज, चितवन भरतपुरमा गरिएको परिक्षणबाट पुष्टि भएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...