सङ्क्रमित कर्मचारीलाई विदा दिने प्रस्ताव

काठमाडौं, कात्तिक ४ गते । विश्वभर फैलिएको कोरोना भाइरसको सङक्रमण अहिले नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा सङक्रमित कर्मचारीलाई विदा दिने विषयमा छलफल अगाडि बढाइएको छ । कर्मचारीलाई विदा दिनु पर्ने प्रस्ताव दुई /तीन दिन भित्र मन्त्रिपरिषद्मा लाने तयारी भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै विदा दिने विषयमा छलफल अगाडि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी अहिले कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै विदा दिने हाल कानुनी व्यवस्था नरहेकाले विदा दिनुपर्छ भनेर मन्त्रिपरिषदमा दुईतीन दिनमै प्रस्ताव लैजान तयारी गरेका बताउनुभयो ।

 

प्रवक्ता अधिकारीले यो विषय चाँडै मन्त्रिपरिषद्मा लैजाने र यसबारे चाँडै निर्णय आउने उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । हाल नेपालमा तीन तहमा गरी एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार ५०० र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी रहेको मन्त्रालयका प्रवक्ता अधिकारी बताउनुहुन्छ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष पुण्यप्रसाद ढकाल निजामती कर्मचारी कार्यस्थलमा कामको शिलशिलामा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा सरकारले अरु विदाबाट कट्टा नगरेर छुट्टै दिन आवश्यक रहेको बताउनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...