गण्डकी प्रदेशमा बिहिबार २२ कोरोना संक्रमित थपिए

पोखरा, कात्तिक ६ गते ।गण्डकी पदेशमा बिहिबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २२ जना संक्रमितहरु थपिएका हुन् ।

सबैजना सम्बन्धित अस्पतालको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१९५ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...