कोरोना संक्रमितको हिसावले नेपाल विश्वको कति औँ स्थानमा ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ३४ औँ स्थानमा रहेको छ ।

नेपालमा हालसम्म ८४७ जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ लाख ११ हजार ६७० जना संक्रमण मुक्त भएका छन् भने ४५ हजार ५७२ जना उपचाररत छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...