विकास कामको अनुगमन र जनताको घरदैलो डुल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री

पोखरा, कात्तिक ११ गते ।नेपालमा २०६२ ६३ मा जनआन्दोलन भयो । नेपालमा २ सय ४० वर्ष राज गरेको राजतन्त्र अन्त्यको त्यही आन्दोलनबाट भयो । राजतन्त्रका कारण विकास हुन् सकेन् । त्यसैले नेपालमा राजतन्त्र अन्त्य गदै देशमा गणतन्त्रको माग भयो । जनताका छोराछोरी राष्टपति हुने व्यवस्थाका लागि दलहरुको आहवानमा संघीय गणतन्त्रको पक्षमा आन्दोलन भयो । देशमा तीन तहका सरकारको परिकल्पना गरियो । स्थानीय, प्रदेश र केन्द्र सरकार ।

नेपालमा २०७२ सालमा संविधान जारी भयो । सात प्रदेश बने । ७५३ स्थानिय सरकार । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरु बन्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उहाँ मुख्यमन्त्री बन्ने अवसर प्राप्त गर्नुभयो । केन्द्रीय शासन व्यवस्थामा सिहंदरबार र्छिन जनतालाई युद्ध जिते जस्तै हुन्थ्यो ।मन्त्री र सांसद भेटन कठिन भियो । तर अहिले जनताकै घरदैलोमा मुख्यमन्त्री, मन्त्री पुगेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री दशैँमा आफनो जन्म गाँउ जानुभयो ।दसैं छुट्टिमा गाउँ आएका बेला गाउँका पाका पुराना र अनुभवीहरुसँगको भेटघाट । गाउँकी एक आमासँग उहाँकै घरमा पुगेर भेटियो ।दशैँमा गाँउ जादाँ पनि मुख्यमन्त्री विकास निर्माणको अनुगमनमा व्यस्त हुनुभयो । उहाँले आफनो क्षेत्रमा भैरहेका विकास निर्माणको अनुगमन गदै नेताका घरमा जनता हैन जनताको घर आँगनमा नेतृत्व पुग्नपर्छ भन्ने पुष्टि गर्नुभयो ।

 

लमजुङको क्व्होला सोंथर गाउँपालिका ९, गिलुङ टक्सारको घरमा श्रीमती कुमारीमुनी गुरुङसहित उहाँ दसैं मनाउन पुग्नुभएको हो । यस अघि पनि छोराछोरीलाई साथ लिएर आउने गरेका दम्पत्तिले यसबर्ष भने ल्याउनु भएन । मुख्यमन्त्री गुरुङले यसबर्ष टीका नलगाउने र नलगाइदिने भएकाले छोराछोरी नआएका हुन् । दसैंमा गाउँ जानुभएका मुख्यमन्त्री गुरुङले गाउँलेसंग भेटघाट गरी गाउँको समस्या र आवश्यकताबारे छलफल गर्नुभएको छ । उहाँले गाउँका बृद्धबृद्धादेखि साना बालबालिकासंग भलाकुसारी गर्नुभएको छ ।

महाअष्टमीका दिन गाउँ आउनुभएका उहाँले राती मौलाघरमा आयोजित कालरात्री पूजामा सहभागिता जनाउनुभएको थियो । भोलिपल्ट (नवमी) मौलाघरमा बली दिएपछि आफ्नो घरमा बली कार्यक्रम राख्नुभएका उहाँले कूलपूजा गर्नुभएको छ । नवमीको दिन बिहान घरघरमा बली दिने प्रचलन मुख्यमन्त्री गुरुङको गाउँमा छ । तर, कालरात्रीको रात भीडभाडका साथ पूजापाठ हुने र नाचगान कार्यक्रम यसबर्ष कोरोना संक्रमण जोखिमका कारण उहाँ आफैंले बन्द गर्न लगाउनुभएको थियो ।

गुरुङ टक्सारगाउँमा यसबर्षको राम्रो नराम्रो समय हेर्न दुई वटा कुखुरा बली दिएर गरिएको चैंदीपूजामा सहभागि हुनुभएको छ । गाउँकै चैंदी चौतारी नजिकै दोबाटोमा एउटा भाले र अर्को पोथी कुखुराको बली दिएर कुखुराको पित्त र कलेजो हेरी यसबर्षको समयको भविश्यवाणी गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत सहभागि उक्त पूजामा गाउँले सवै भेला भएका थिए । पूजारी बिनासिंह गुरुङले पूजापाठ गर्नुभएको थियो । उहाँले गाउँको रीतिथिति र व्यवस्थापनलाई छोड्न नहुने बरु यसलाई परिस्कृत गर्दै लानुपर्नेमा जोड दिनुभएको थियो ।

जन्मगाउँ आउनुभएका उहाँले दुरी कायम गरी सौहार्दपूर्ण वातावरणमा दसैं मनाउन आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण जोखिमकाबीच चाडबाड मनाउनुपर्ने अवस्था रहेको र चाडबाड भन्दा ज्यान ठूलो भएकाले सुरक्षित र सुसंस्कारिक तवरले दसैं मनाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो–‘ज्यान रहेमा दसैंपर्व अर्को बर्ष पनि आउँछ । पहिले ज्यानको माया गरौं र त्यसपछि चाडपर्व मनाऔं ।’ अहिले कोरोना संक्रमण जोखिम कायमै रहेकाले कोरोना संक्रमणबाट बच्न उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...