मादी गाँउपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्यायो

पोखरा, कात्तिक १३ गते । कास्कीको मादी गाँउपालिकाले आफनै एम्वुलेन्स सञ्चालन गरेको छ । गाँउपालिकाले बिहिबारबाट एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

सर्वसुलभ रुपमा गाँउपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको गाँउपालिका प्रमुख बेदबहादुर गुरुङ(स्याम)ले जानकारी दिनुभयो ।

एम्बुलेन्स सेवा सञ्चालनसंगै गाँउपालिका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।स्वास्थ्य उपचारका लागि प्रदेश राजधानी पोखरा आउनुपर्ने अवस्था रहेकाले एम्बुलेन्स सेवा नहुदाँ समस्या खेप्नु परेको थियो ।गाँउपालिकाले नै एम्बुलेन्स सञ्चालन गरेपछि पालिकाबासी लाभान्वित हुने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...