पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा विहानै ९८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार विहान जारी गरेको विज्ञप्तिमा ९८ नयाँ सक्रमित थपिएको जनाएको छ ।
चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २६ जना, लाईफ केयर डाईग्नोस्टिक प्रा.लि, पोखरामा गरिएको परिक्षणमा गण्डकी नयाँ ६५ जना संक्रमितहरु थप भएका हुन् ।
सबै संक्रमितहरु लाईफ केयर डाईग्नोस्टिक प्रा।लि।, पोखरामा पोखराका विभिन्न अस्पताल मार्फत कोरोनाको संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाईएको हो ।
यता क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।