पोखराका एक पुरुषको होम आईसोलेसनमै मृत्यु, गण्डकीमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको । पोखरा महानगरपालिका १५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान होम आईसोलेसनमा रहेकै क्रममा निधन भएको हो ।

उहाँलाई कात्तिक १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यस्तै यसअघि स्याङ्जा जिल्ला, वालिङ ५ का ७० बर्षीय पुरुषको बिहान ८ः३५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको थियो ।

अहिलेसम्म गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...