मुख्यमन्त्री गुरुङ र अर्थमन्त्री पौडेलवीच भेट, आयोजनाको बजेट निकासा गरिदिन गुरुङको अनुरोध

पोखरा, कात्तिक १४ गते । संघ सरकारका अर्थमन्त्री विष्णु पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बावीच भेटवार्ता भएको छ ।भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका आयोजना तथा योजनाहरूको बजेट निकासका लागि अनुरोध गर्नु भएको छ ।


संघ सरकारले ससर्त अनुदानको सर्तसहित प्रदेशलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट नआएको हुँदा अनुरोध गर्नु परेको हो उहाँका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । संघले गण्डकीलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ ।

 

त्यस्तै आधारभूत खानेपानीका वर्षौं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ चाहिन्छ । ती सबै आयोजनाको रकम निकासा गरिदिन मुख्यमन्त्री गुरुङले भेटमा आग्रह गर्नुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...