डुंगा दुर्घटना हुँदा १४० को मृत्यु

फ्रिकी देश सेनेगलको समुद्री तटीय क्षेत्रमा २ सय मानिस बोकेको एउटा डुंगा डुब्दा कम्तिमा एक सय ४० जनाको मृत्यु भएको छ ।

यूरोप छिर्नका लागि विभिन्न अफ्रिकी भूभागबाट उनीहरु जोखिमयुक्त समुद्री मार्ग हुँदै डुंगामा जाँदै गर्दा उनीहरु सवार डुंगामा आगो लागी डुबेको थियो । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार उनीहरु स्पेनमा जान खोजिरहेका थिए । तर सेनेगलको उत्तरपश्चिम तटीय क्षेत्र नजिक पुग्दा डुंगामा आगो लागेपछि डुंगा डुबेको थियो । दुर्घटनाको क्रममा ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।

यस घटनालाई आइओएमले यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटनाको रुपमा ब्याख्या गरेको छ । सेनेगलबाट पछिल्ला वर्षमा ट्युनिसिया वा लिबियाको स्थलमार्ग हुँदै युरोप प्रवेश गर्नेहरुको संख्या पनि बढ्न थालेको बताइन्छ । अफ्रिकी मुलुकहरुबाट यूरोपका विभिन्न देशमा प्रवेश गरी आप्रवासी वा शरणार्थीको हैसियतमा बस्ने क्रम पछिल्लो समय तीव्र रुपमा बढ्दो छ ।एजेन्सी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...