पुुरुन्चौरमा चुरोट सल्काउने क्रममा आगलागी, ४ घाइते, अवस्था सामान्य

पोखरा, कात्तिक १५ गते । पोखरा महानगरपालिका १९ पुरुन्चौरमा चुरोट सल्काउने क्रममा आगलागी हुदाँ पाँच जना घाइते भएका छन् । शनिबार दिउसो चार बजेको समयमा महानगरपालिका १९ पुरन्चौर स्थित सिता गौतमको १ तले टिनको छानो भएको कच्चि घरमा आगलागी भएको हो ।

उक्त घरमा डेरा गरि बस्ने गोरखा घर भएका शेरबहादुर गुरुङले डेरा कोठामा चुरोट सल्काउने क्रममा ग्यास लिक भईरहेको कारण आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाईतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । घटनाको जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि पुगेको थियो । आगलागीबाट वर्ष ५४ को शेरबहादुर गुरुङ, उनकी श्रीमति वर्ष ४५ को देउकुमारी गरुङ, उनको छोरा वर्ष १५ को कृष्ण गुरुङ, शेरबहादुरको भाईको छोरा वर्ष ३७ को मनबहादुर गुरुङ घाइते हुनुभएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...